चैत
२४, काठमाडौँ। सरकारले पदम लिम्बुलाई सहिद घोषणा गरेको छ। पदम लिम्बुले कोशी प्रदेशको
नामकरणविरूद्ध भएको आन्दोलनका क्रममा ज्यान गुमाए थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
सुदन किराँतीले आज शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई सहिद
घोषणा गर्ने निर्णय गरेको जानकारी दिएका छन।
पदम
लिम्बुको परिवारलाई सरकारले क्षतिपूर्ति पनि दिने निर्णय गरेको छ।
- न्युज बहार संवाददाता