साउन १७, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले
नेपाली कांग्रेसप्रति सुन तस्करी प्रकरणमा नबोलेको भन्दै प्रश्न गरेका छन् ।
ओलीले आज तुल्सीलाल अमात्यको
स्मृति दिवसका अवसरमा भएको कार्यक्रममा बोल्दै कांग्रेसले सुन तस्करीका बारेमा
बोल्न नसकेको आरोप लगाएका छन
उनले सुन तस्करीका विषयमा एक दुई नेताले व्यक्तिगत रुपमा बोले पनि नेपाली कांग्रेसले केही नगर्नु केही नबोल्नु अचम्म लाग्दो विषय भएको समेत बताएका छन ।
उनले कार्यक्रमबाटै प्रश्न गर्दै भने ‘म नेपाली कांग्रेसका सभापति देउवा जीलाई भन्न चाहन्छु– देउवा जी तपाईँले क्वीन्टलका क्वीन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ? सुन् भएको छ भने यसमा केही गर्नुपर्छ की पर्दैन?’
प्रश्न गरिसकेपछी ओलीले पुनः व्यंग्यात्मक सैलीमा देउवाबाट आउने सम्भावित उत्तर भन्दै थपे, ‘देउवाजीले भन्नुहुने छ म प्रचण्डको साथ छोड्दिनँ, म प्रचण्डलाई साथ दिन्छु, उहाँको त्यत्तिनै हो ।’
- न्युज बहार संवाददाता