Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अब काठमाडौँ महानगरपालिका ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) जडित क्यामराको निगरानिमा

  •   ३ वर्ष अघि | २३ माघ २०८०, मङ्लबार

माघ २३, काठमाडौँ । काठमाडौँ महानगरपालिका विभिन्न क्षेत्रभित्र ‘आर्टिफिसियल इन्टिलिजेन्स’  अर्थात एआई जडित ‘क्लोज सर्किट टेलिभिजन’ (सीसीटीभी) क्यामरा जडान भएका छन् ।

उक्त आर्टिफिसियल इन्टिलिजेन्स’  अर्थात एआई जडित सीसीटीभी क्यामराले ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन’ (एनएफपीआर) र ‘फेसियल रिकग्नाजेसन सिस्टम’ (एफआरएस) जस्ता सुविधा प्रधान गर्ने महानगरपालिकाले जनाएको छ ।

नेपाल प्रहरीसँगको सहकार्यमा महानगरपालिकाले क्यामरा जडान गरेको हो । यस क्यामराहरुले घटनासँग सम्बन्धित व्यक्ति तथा वस्तु पहिचान गर्न र तिनीहरू कसरी गए, कता गए भन्ने दृश्य समेत उपलब्ध गराउँछ ।

महानगरका अनुसार यस्ता विशेषता भएका क्यामरामध्ये तीन ठाउँमा एनएफपीआर (सवारीसाधन र चालक सम्बन्धी दृश्य तथा विवरण दिने) र १० ठाउँमा एफआरएस (घटनासँग सम्बन्धित व्यक्तिका बारेमा विवरण र दृश्य दिने) क्यामरा राखिएको छ ।

  • न्युज बहार संवाददाता

थप