Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अब स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करारमा कर्मचारी नियुक्त गर्न नपाउने

  •   १२ महिना अघि | १० असोज २०८२, शुक्रबार

असोज १०, काठमाडौँ । अब स्थानीय तहहरूले स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करारमा कर्मचारी नियुक्त गर्न नपाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शुक्रबार सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो।

तर, यो नियम शिक्षकहरूमा भने लागू नहुने स्पष्ट गरिएको छ। केन्द्रका निर्देशक भक्तबहादुर गाेदारद्वारा हस्ताक्षरित सूचनामा अर्थ मन्त्रालयले मित २०८२/६/७ मा सार्वजनिक गरेको खर्च कटौती तथा मितव्ययितासम्बन्धी प्रेस विज्ञप्तिको बुँदा (५) अनुसार स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करार कर्मचारी राख्न नपाइने उल्लेख भए पनि उक्त नियम शिक्षकहरूमा नलाग्ने स्पष्ट गरिएको छ।

विद्यालय तथा स्थानीय तहहरूबाट करार शिक्षकको विषयमा उठेका प्रश्नहरूका कारण यस्तो स्पष्टीकरण जारी गरिएको जनाइएको छ।

 

  • न्युज बहार संवाददाता

थप