बैशाख ९, चितवन । चितवन क्षेत्र नम्बर २ लगायत अन्य दुई मतदान हुने क्षेत्रमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम अहिले धमाधम भइरहेको छ ।
चितवन क्षेत्र नम्बर २ मा पनि अहिले मतदानस्थल र केन्द्र निर्माणको काम निर्वाचनका लागि खटिएका कर्मचारीले गरिरहेका छन ।
कर्मचारीहरु सबै निर्वाचन केन्द्रमा खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ ।
कालिका नगरपालिका र इच्छाकामना नगरपालिकामा बिहीबार नै निर्वाचन सामग्रीसहित कर्मचारी पुगे भने भरतपुर क्षेत्रमा शुक्रबार कर्मचारी पुगेका हुन ।
जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी अमबहादुर पुर्जाले मतदान अधिकृतले सर्वदलीय बैठकलगायतका आवश्यक तयारीका काम गर्ने बताएका छन। सूचना अधिकारी पुर्जाले मतपत्र, मतपेटिकालगायतका सामग्री पनि मतदानस्थलमा पुगिसकेको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता