Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित

  •   ३ वर्ष अघि | २९ फाल्गुन २०८०, मङ्लबार

फागुन २९, काठमाडौँ । नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित भएका छन्।

आज मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन राष्ट्रिय सभा बैठकमा निर्वाचन भएको थियो।

उक्त निर्वाचनमा माओवादीका सांसद दाहाल नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन्।

राष्ट्रिय सभा अध्यक्ष पदमा दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको छ ।

यसको विपक्षमा भने १७ मत परेको छ। ५६ जना सांसद मंगलबार भएको राष्ट्रिय सभा बैठकमा उपस्थित थिए।

दाहालको पक्षमा एमाले, माओवादी, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।

  • न्युज बहार संवाददाता

थप