चैत ८, काठमाडौँ । नेपाली कांग्रेसका
सांसद विनोद कुमार चौधरी बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत
बनाएको काण्डमा मुछिएको बताइएको छ । यस विषयमा चौधरीले आफूमाथि राजनीतिकरण गरिएको
आरोप लगाएका छन् ।
नेपाल
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोलाई सरकारी जग्गा हिनामिना प्रकरणमा वयान
दिएपछि उनले पत्रकारहरुमाझ आफूमाथि राजनीतिकरण गरिएको बताएका हुन् ।
चौधरीले यस
प्रकरणमा आफू चोखो रहेको जिकिर समेत गरेका छन ।
यस विषयमा उनले पत्रकारसँग भने ‘लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने, उद्यमलाई
राजनीतिकरण गर्ने, उद्यमीलाई
राजनीतिकरण गर्ने भन्न कुरा प्रष्टसँग देखिएको छ ।’
- न्युज बहार संवाददाता