साउन २५, काठमाडौँ । प्रहरीको केन्द्रीय
अनुसन्धान ब्यूरो (सीआईबी) ले सांसद सुनिल शर्मालाई काठमाडौंको गोल्फुटारस्थित उनकै
घरबाट पक्राउ गरेको छ ।
प्रहरीले सांसद सुनिल शर्माको आईएस्सी
उतीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशंकामा पक्राउ गरेको जानकारी
गराएको छ ।
मोरङ–३ का प्रतिनिधिसभा सदस्य शर्मालाई नेपाल
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार उनको काठमाडौंको
गोल्फुटारस्थित घरबाट पक्राउ गरेको छ ।
नक्कली डाक्टर खोजी गर्ने
प्रहरीको ‘अपरेसन चार्ली फोक्टर’ अन्तर्गत सुनिल शर्मा पक्राउ परेको सीआईबीकी
निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले उल्लेक गरेकी छिन ।
- न्युज बहार संवाददाता