चैत ८, काठमाडौँ। आज बुधबार झापामा पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ।
पूर्वराजा शाह केही समयदेखि झापामै थिए। उनलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र नेता प्रकाशचन्द्र लोहनी झापाको दमक पुगेका हुन।
पूर्वराजा
शाहले राप्रपाका नेताहरूसँग दमकमा झन्डै २ घन्टा कुराकानी गरेका हुन्। राप्रपाका
एक नेताले भने ‘उहाँले पहिला पनि हामीलाई यसो गर, उसो गर भन्नुहुन्थेन। यसपालि पनि केही
भन्नुभएन, हामीले
राजतन्त्र र हिन्दु राष्ट्र एजेन्डा बोक्ने मूल शक्ति हामी नै हौं भन्ने कुरा
राख्यौं।’
उनले राप्रपाले
राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डाले अझै प्रतिवद्ध भएर जोडतोडका साथ उठाउने
निष्कर्षसहित आजको भेट सकिएको जानकारी दिएका छन।
- न्युज बहार संवाददाता