चैत २९, काठमाडौँ। एमाले संसद विघटनको दाउमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन्।
उनले बुधबार सुनसरीको इनरूवामा सञ्चारकर्मीहरूसँगको भेटमा एमाले संसद विघटन गरी मध्यावधी चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन्।
यस सँगै अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताए। संविधान मिच्ने कुरालाई उनले कहिले समर्थन गर्न नसक्ने बताएका छन। उनले सञ्चारकर्मीहरू पार्टी छोड्नु र प्रवेश गर्नु नियमित प्रक्रिया रहेको समेत बताएका छन।
- न्युज बहार संवाददाता