साउन ३१, काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा दुई जना आरोपी रिहा भएका छन । यस प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका हुन ।
समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे र मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतमलाई जिल्ला अदालत काठमाडौँले रिहा गर्न आदेश दिएको छ ।
सीआईबीका एसपी नवराज अधिकारीले उनीहरुलाई स्वास्थ्य र उमेरको कारण देखाएर रिहा गर्न आदेश दिएको तर अदालतले मुद्दा बुझाउँदा सँगै उपस्थित गराउन भनेको जानकारी दिएका छन।
जिल्ला अदालतले सीआईबीको हिरासतमा रहेका अन्य आरोपितलाई भने थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
- न्युज बहार संवाददाता