Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाली सेनाको सुरक्षाबाट बाहिरिए केपी शर्मा ओली

  •   १ वर्ष अघि | २ असोज २०८२, बिहिबार

असोज २, काठमाडौँ ।  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिरिएको पुष्टि भएको छ।

भदौ २४ गते जेनजी आन्दोलन हिंसात्मक बनेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए र त्यसै दिन बालुवाटार छाडेका थिए। त्यसयता उनी सेनाको सुरक्षा घेराभित्र शिवपुरीस्थित निवासमा बस्दै आएका थिए।

तर, हाल उनी गुन्डु क्षेत्रमा बसिरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ। आन्दोलनको क्रममा ओलीको बालकोटस्थित निजी निवासमा आगजनी भएको थियो।

ओली सेनाको औपचारिक सुरक्षा घेराबाट बाहिरिए पनि यसबारेमा एमालेले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

  • न्युज बहार संवाददाता

थप