जेठ २२, काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक करियर समाप्त पार्न लागेको प्रतिक्रिया नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले दिएका छन् ।
अख्तियारले
आज बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अध्यक्ष नेपालले यस्तो
प्रतिक्रिया दिएका हुन् ।
यस
विषयमा अध्यक्ष नेपालले भने, ‘मेरो
नियत भ्रष्टाचार गर्ने होइन, म बाट भ्रष्टाचारका लागि आदेश दिने काम भएको छैन,
मेरो
राजनीतिक क्यारियर समाप्त पार्ने केपी ओलीको नियत नै हो, पहिला पनि उहाँले पटकपटक
यस्तै कोशिस गर्नुभएको हो, उहाँ बदलाको भावनाबाट चलिरहनुभएको छ।’
- न्युज बहार संवाददाता