बैशाख ४,
काठमाडौँ । सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती
स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने भएको
छ । महानगरपालिकाले यस्तो कार्य गर्ने चेतावनी दिएको हो ।
महानगरका
उपप्रमुख सुनिता डङ्गोलका अनुसार निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले
आवागमन, सहरी
सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको
हो ।
- न्युज बहार संवाददाता