चैत ८, काठमाडौँ
। आज बैशाख १० गते हुने उपचुनावको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी नेपालले कार्यकारी
समितिको बैठक बस्ने भएको छ ।
पार्टीका
प्रवक्ता मनिष सुमनले आज दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा
केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने लागेको बताएका छन।
उनले आजको
बैठकमा सरकारमा मन्त्री पठाउने, उपचुनाव, विधान अधिवेशन लगायतका विषयमा छलफल हुने बताएका छन् ।
बैशाख १०
गते चितवन, तनहुँ र
बारा जिल्लाको तीन वटा क्षेत्रमा हुन लागेको उपचुनावमा पार्टीले के गर्ने भन्ने बारेमा
पनि छलफल गर्ने जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिएका छन्।