फागुन ३०, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने भएको छ ।
जनमोर्चाको फागुन २७-२८ गते बसेको राष्ट्रिय परिषदको पहिलो बैठकले उपाध्यक्ष शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
अध्यक्ष चित्रबहादुर केसीले उपनिर्वाचनको प्रचारप्रसारलाई व्यवस्थित बनाउन महासचिव मनोज भट्टको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता