भदौ
५, काठमाडौँ । सोमबार राति प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय
बैठकले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति गरेको छ।
एमालेका
प्रमुख सचेतक पदम
गिरीले उच्चस्तरीय समितिका लागि निर्देशित सर्तहरू तयार पार्न नेकपा एमाले नेता सुवास नेम्वाङ, नेपाली
कांग्रेसका नेता रमेश लेखक र माओवादी नेता हितराज पाण्डे रहेको कार्यदल बनाउने सहमति भएको जानकारी
दिएका हुन।
गिरीका
अनुसार यो
कार्यदलले आज बिहान
११ बजेसम्म समितिको मस्यौदा तयार पार्ने र यसलाई अन्तिम रूप दिन आज दिउँसो २ बजे शीर्ष नेताहरूको बैठक
फेरि बस्नेछ।
- न्युज बहार संवाददाता