Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

इन्टरपोलबाट देउवा दम्पतीविरुद्ध नोटिस जारी गर्ने प्रक्रिया सुरु

  •   ६ महिना अघि | २५ चैत्र २०८२, बुधबार

चैत २५, काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी श्रीमती डा. आरजु राणा देउवामाथि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास अघि बढाउने उद्देश्यले इन्टरपोल नोटिस जारी गर्ने प्रक्रिया सुरु गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अदालतबाट पक्राउ अनुमति लिएपछि उक्त दम्पतीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलसँग समन्वय गर्ने तयारी गरेको हो। नेपाल प्रहरीको केन्द्रीय निकाय नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)मार्फत सिफारिस भएपछि मात्रै इन्टरपोलले नोटिस जारी गर्ने प्रावधान रहेको छ।

यसैक्रममा, विभागले उनीहरूको हालसम्मको विदेश आवतजावतको विवरण संकलन गर्न अध्यागमन विभागसँग औपचारिक रूपमा जानकारी मागेको थियो। प्राप्त विवरणअनुसार आरजु राणा देउवा फागुन १० गते भारत पुगेकी थिइन् भने शेरबहादुर देउवा फागुन १३ गते सिंगापुर गएका थिए। पछिल्लो जानकारीअनुसार उनीहरू हङकङमा रहेको उल्लेख गरिएको छ।

सम्बन्धित निकायका स्रोतका अनुसार अध्यागमन विभागबाट उनीहरूको यात्रा सम्बन्धी अभिलेख करिब एक साताअघि नै संकलन गरिसकिएको छ।

विदेशमा रहेको पुष्टि भइसकेपछि कानुनी प्रावधानअनुसार अब उनीहरूविरुद्ध इन्टरपोलमार्फत नोटिस जारी गराउन प्रहरी प्रधान कार्यालयलाई औपचारिक रूपमा पत्र पठाउने तयारी भइरहेको जनाइएको छ।

  • न्युज बहार संवाददाता

थप