माघ ८, काठमाडौँ
। राष्ट्रिय सतर्कता केन्द्रले अबबाट व्यक्तिले सवारी चालक अनुमति पत्र (लाइसेन्स)
को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नै सवारी साधन प्रयोग गर्न पाउने
व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
सबै
प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै केन्द्रले ट्रायल
दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने
व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
यसबारे
निर्णय गर्दै सोको कार्यान्वयनसम्बन्धी जानकारी केन्द्रलाई उपलब्ध गराउन समेत केन्द्रको
माघ ५ गते बसेको सचिवस्तरीय बैठकले निर्देशन दिइएको छ ।
प्रशिक्षक
केन्द्रहरूले लाइसेन्स ट्रायलमा मनपरी गरिरहेको भन्ने गुनासाका बिच केन्द्रले
दिएको निर्देशन कार्यान्वयन भएमा सेवाग्राहीलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
- न्युज बहार संवाददाता