जेठ ७, काठमाडौँ। प्रहरीले आज नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालय काठमाडौंलाई
बुझाउने
भनेको अनुसन्धान प्रतिवेदन बुझाएको छैन।
आइतबार
सरकारी वकिल कार्यालयलाई जिल्ला प्रहरी परिसर काठमाडौंको दुई महिना लामो अनुसन्धान
प्रतिवेदन बुझाउन तयारी गरिएको थियो तर साढे ५ बजेतिर प्रहरीले सरकारी वकिललाई
प्रतिवेसन आज ल्याउन नभ्याउने भनि जानकारी गराएको छ।
सरकारी
वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले प्रहरीले प्रतिवेदन ल्याउन
नभ्याउने जानकारी गराएपछी आफूहरू पनि घर फर्किएको जानकारी दिएका छन।
उनले भने ‘साढे ५ बजेतिर आज भ्याइएन भनेर खबर गरेपछि हामी घर फर्किएका हौँ।’
प्रहरीले अब उक्त अनुसन्धान प्रतिवेदन भोलि बिहान १० बजे सम्म बुझाउने तयारी गरिरहेको छ।
- न्युज बहार संवाददाता