जेठ १६, काठमाडौँ। जिल्ला अदालत काठमाडौँमा नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि बयान जारी रहेको छ।
अदालतका सूचना अधिकारी दीपक दाहालले आज मंगलबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जनाको बयान जारी रहेको जानकारी दिएका छन। हिजो सोमबार सार्वजनिक बिदा परेकोले बयान भएको थिएन।
सूचना
अधिकारी दाहालले आज नरेन्द्र केसी, इन्द्रजित राई र सन्देश शर्माको बयान भइरहेको बताएका
छन।
- न्युज बहार संवाददाता