चैत ९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जानसक्ने बताएको छ । सो पार्टीका प्रवक्ता मुकुल ढकालले १० गतेकै सहमति कार्यान्वयन भएमा सरकारमा जान सक्ने बताएका छन । उनले सम्माजनक हैसियत भएमा सरकारमा जान सकिने पनि बताएका छन।
ढकालले ‘हामी सरकारमा जाने/नजाने भन्ने विषयमा निर्णय गरिसकेका छैनौं।' पुस १० गतेकै सहमति कार्यान्वयन भए सरकारमा जान सक्ने जानकारी गराएका छन्। पुस १० सरकारमा हुदा गृहसहित तीन मन्त्रालय र एक राज्यमन्त्री हुनुपर्ने छ सहमती भएको थियो।
प्रधानमन्त्री प्रचण्डबाट आजको बैठकमा भने बोलावट नभएकाले सहभागी नभएको ढकालले बताएका छन।
- न्युज बहार संवाददाता