चैत २, काठमाडौँ
। दरबार हत्याकाण्डको कुरा आफूले भूमिगत कालदेखि नै उठाउँदै आएको र त्यसको छानबिन
हुनुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
उनले आज शनिबार
समाजवादी मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।
यस
विषयमा प्रचण्डले भने, ‘दरबार हत्याकाण्डबारे छानबिन हुनुपर्छ भन्ने कुरा पहिलादेखि भन्दै
आएको हुँ र त्यो अझै कायम रहेको छ, जनताको भाषा मैले बोलेको हुँ ।’
- न्युज बहार संवाददाता