चैत २७, काठमाडौँ । दुर्गा प्रसाई चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित प्रदर्शनपछि फरार रहेका छन । तर उनले आफु नभागेको तर, ‘जोगिएको’ बताएका छन् ।
उनले सामाजिक
सञ्जाल मार्फत ८ मिनेट लामो भिडियो सन्देश पोष्ट गर्दै मानवअधिकारवादीको
रोहबारमा सार्वजनिक हुन तयार रहेको बताएका छन ।
भिडियो
सन्देश मा उनले भनेका छन्, ‘म नेपालैमै छु, म भाग्न जन्मेको
होइन् ।’
सोही भिडियो सन्देश मार्फत प्रसाईंले चैत १५ मा तीनकुनेमा
भएको प्रदर्शनमा मृत्यु भएका सविन महर्जन र सुरेश रजकको परिवारलाई जनही ५ लाख
रुपैयाँ दिने घोषणा समेत गरेका छन् ।
- न्युज बहार संवाददाता