पुस १६, काठमाडौँ । शुक्रबारको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी घेराबन्दीमा छ भन्ने रिपोर्टिङ भएपछि प्रहरीले गोली चलाएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्।
आज प्रतिनिधि
सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी धरपकडबारे जानकारी दिँदै
गृहमन्त्री श्रेष्ठले आन्दोलन भइरहेकै ठाउँमा मन्त्रीको गाडी आएको र घेराबन्दीमा
परेको भनिएपछि प्रहरीले गोली चलाएको बताएका हुन्।
घटना
हुनुमा इपिएस कार्यालयको लापरबाही, मन्त्रीको गाडी आन्दोलन भइरहेकै
ठाउँबाट लैजाने पिएसओको निर्णय र सुरक्षाकर्मीको कमजोरी मुख्य कारण रहेको बैठकमा
गृहमन्त्री श्रेष्ठले बताए।
- न्युज बहार संवाददाता