मंसिर २०, काठमाडौँ । मङ्गलवार साँझदेखि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन् । उनी गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा अवरोध देखिएपछि थप उपचारको लागि मङ्गलवार साँझ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी अस्पताल पुगेका थिए ।
गृह मन्त्रालयलका अनुसार डा. अरुण मास्के सहितको चिकित्सक टोलीले धमनीको आंशिक अवरोध रहेको भागमा एन्जियोप्लास्टी सर्जरी गरेपछि यतिवेला उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ ।
- न्युज बहार संवाददाता