कार्तिक
८, काठमाडौँ । गृहमन्त्री एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फिर्ता
भएका छन् ।
आज बिहान
११:३० बजे चीनको बेइजिङबाट छेन्दु हुँदै उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
अवतरण भएका हुन् ।
गृहमन्त्री
श्रेष्ठ बेइजिङमा १७ र १८ अक्टोबरमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर
इन्टरनेशनल कोअपरेसन(बीआरएफ)मा सहभागी हुन चीन गएका थिए । तर उनलाई फोरम समापन लगत्तै हृदयाघात भएपछि
आकस्मिक शल्यक्रिया गरिएको थियो।
उनको पेकिङ
युनियन मेडिकल कलेज हस्पिटलमा आकस्मिक शल्यक्रिया भएको थियो त्यसपछी पाँच
दिनसम्मको उपचार पश्चात उनको स्वास्थ्य अवस्था सामान्य बनेको छ।
- न्युज बहार संवाददाता