जेठ १, काठमाडौँ । सत्ता र शक्ति राजनीतिक प्रतिशोधनको साधन बन्नु संस्थागत भ्रष्टाचारको चरम रुप रहेको टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले गरेकी छिन् ।
उनले
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा पार्टी सभापति रवि लामिछानेविरुद्ध
प्रतिशोध साँधिएको दोहोर्याउँदै यस्तो टिप्पणी गरेकी हुन् ।
उनले यस्तो
प्रवृत्तिलाई इतिहासले धिक्कार गर्ने बताएकी छन ।
सांसद
गौतमले भनिन्, ‘सत्ता र
शक्ति राजनीतिक प्रतिशोधको साधन बन्छ, त्यो संस्थागत भ्रष्टाचारको चरम
रूप हो, इतिहासले यो स्वेच्छाचारी प्रवृत्तिलाई धिक्कार्ने छ र गणतान्त्रिक लोकतन्त्रमा विधिको शासनको देहावसान
भएको एउटा इतिहास लेखिएको छ ।
- न्युज बहार संवाददाता