Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कोशी प्रदेशमा हिक्मतकुमार कार्की आज मुख्यमन्त्री नियुक्त हुँदै

  •   ३ वर्ष अघि | २२ भदौ २०८०, शुक्रबार

भदौ २२, विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीलाई आज मुख्यमन्त्री नियुक्त गरी सपथ गराउने भएका छन् । 

सर्वोच्च अदालतले हिजो  कोशी प्रदेशमा ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अदालतको आदेश प्राप्त भएलगत्तै आज मुख्यमन्त्री नियुक्ति गरेर उनको सपथको तयारी भएको हो । 

कार्कीलाई मुख्यमन्त्री नियुक्त गरी प्रदेश प्रमुख खापुङले शुक्रबार साँझ ६ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

  • न्युज बहार संवाददाता

थप