मंसिर २८, काठमाडौँ । नक्कली शरणार्थी
प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले धरौटीमा
छाड्न आदेश दिएको छ ।
जिल्ला
अदालत काठमाडौँले खाँणलाई थुनामा पठाउनुपर्ने भनी दिएको आदेशलाई उच्च अदालतले बदर
गरी धरौटीमा छाड्न आदेश गरेको हो ।
खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले
व्यक्त गरेको रायलाई न्यायाधीश कृष्णराम कोइरालाको इजलासले समर्थन गरेको छ । जिल्ला
अदालतको आदेश कोइरालाको यो रायसँगै बदर भएको हो ।
- न्युज बहार संवाददाता