असार २४, काठमाडौँ । नेकपा एमाले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । शुक्रबार एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले रिट दर्ता गराएका थिए ।
शुक्रबार सर्वोच्चमा नेकपा एमालेका तर्फबाट कार्कीले नवनिर्वाचित मुख्यमन्त्री समेतलाई विपक्षी बनाइ रिट दर्ता गराएका हुन् । कार्कीले दिएको रिटमा निवेदनमा प्रदेश मुख्यमन्त्री उद्धव थापा, प्रमुख पर्शुराम खापुङ, र सभामुख बाबुराम गौतम समेतलाई विपक्षी बनाइएको छ ।
- न्युज बहार संवाददाता