Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आफ्नै सहयात्री जनप्रतिनिधिहरूको घेराबन्दीमा धरानका मेयर हर्क साम्पाङ।

माफी माग्न मेयर साम्पाङलाई २४ घन्टे अल्टिमेटम।

  •   ४ वर्ष अघि | ५ चैत्र २०७९, आइतवार

चैत ५, धरान। फेरि एकपटक आफ्नै कारणले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ अप्ठेरोमा परेका छन्।

स्वकीय सचिवमार्फत वडाध्यक्षहरूलाई निर्देशनात्मक पत्राचार गर्न लगाएपछि बहुसंख्यक वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले उनीविरूद्ध मोर्चाबन्दी गरेका छन्। 

वडाध्यक्षहरूले स्वकीय सचिवमार्फत निर्देशनात्मक पत्राचार गराएर आफ्नो अपमान गराएको ठहर गरेका छन्।

वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूसहित २२ जनाले उक्त गल्तीप्रति सार्वजनिक रूपमा माफी माग्न मेयर साम्पाङलाई २४ घन्टे अल्टिमेटम दिएका छन्। 

’एक वडा अध्यक्षहरुले भने ‘मेयर हर्क साम्पाङले निरन्तर हाम्रो मानमर्दन गर्ने र अशोभनीय व्यहार गरे,  योग्यतासमेत नरहेका सचिवालयका कर्मचारी सुर्दशन लिम्बूले लेटरप्याड दुरुपयोग गर्दै वडाअध्यक्षहरूलाई निर्देशन दिएको घटना आपत्तिजनक छ।’

केही दिनअघि स्वकीय सचिव लिम्बूले मेयरको आदेश भन्दै वडाध्यक्षहरूलाई योजना पेश गर्न निर्देशनात्मक पत्राचार गरेका थिए। मेयर साम्पाङलाई वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरूले मनोमानी, स्वेच्छाचारी र एकल निर्णयका आधारमा चल्न खोजेको पनि आरोप लगाएका छन्।

साम्पाङ मेयरमा निर्वाचित भएपछि दशकभन्दा लामो समयदेखि धरानमा सामाजिक अभियान चलाएका भएपनि निरन्तर विवादमा पर्दै आएका छन्। कहिले दलितविरोधी अभिव्यक्तिका कारण त कहिले सामाजिक सन्जालमा जथाभावी लेख्दै र बोल्दै गरेर उनी विवादमा तानिएका छन्।

यसपटक भने उनी आफ्नै सहयात्री जनप्रतिनिधिहरूको घेराबन्दीमा परेका छन्। 

  • न्युज बहार संवाददाता

थप