Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आन्दोलनरत चिकित्सकहरूसँग सरकारको वार्ताको तयारी

  •   १ वर्ष अघि | २४ असार २०८२, मङ्लबार

असार २४, काठमाडौँ । आन्दोलनरत चिकित्सकहरूसँग सरकारले वार्ताको तयारी गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मंगलबार साँझसम्म तीन सदस्यीय मन्त्रीस्तरीय वार्ता टोली गठन भएसँगै औपचारिक वार्ताको तयारीको लागि वातावरण सृजना भएको हो । 

सरकारले अनौपचारिक रूपमा वार्ताका लागि बोलाएको र आजै साँझसम्म औपचारिक पत्र पठाउने जानकारी दिएको नेपाल चिकित्सक संघका महासचिव सञ्जीव तिवारीले जनाएका छन ।

महासचिव तिवारीका अनुसार अहिलेसम्म औपचारिक वार्ता भएको छैन, तर अनौपचारिक रूपमा कुराकानी भने भएको छ। सरकारले आजै साँझसम्म पत्र पठाएर औपचारिक वार्तामा बोलाउने आशा रहेको उनले बताएका छन।  

  • न्युज बहार संवाददाता

थप