साउन २२, काठमाडौँ । एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राखिने भएको छ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो ।
जिल्ला अदालतले उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपाने जनाएका छन ।
- न्युज बहार संवाददाता