Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गोकुलप्रसाद बाँस्कोटाको भनाई जनता कसैको मुठी भित्रको बन्धक होइन एकचोटी झुक्किन्छन् धेरै झुक्किदैनन्।

  •   ४ वर्ष अघि | २० चैत्र २०७९, सोमवार

चैत २०,काठमाडौँ। नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले अहिले एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरूटका लागि चितवनको कमाण्ड सम्हालिरहेका छन। यही क्रममा उनले आज चितवन क्षेत्र नम्बर २ मा एमालेले विजयी हुने दाबी गरेका छन्। उनले अघिल्लो पटक एमालेलाई भोट नहालेका मतदाताले पनि यसपाली हाल्ने दाबी समेत गरेका छन।

बास्कोटा आज चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेसँग उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए यही क्रममा उनले यहाँ अघिल्लो पटक भएको निर्वाचनलाई भदौरे बाढीको संज्ञा पनि दिएका छन।

उनले भने ‘भदौरे बाढीले ल्याएको लेदो जति सफा भएर नारायणी कञ्चन भएको छ र चितवनमा वैशाखे पालुवा पलाउन थालिसकेको हुनाले, चैते हुरीको कुनै काम छैन।’

बाँस्कोटाले पहिले घन्टीमा भोट हाल्नेहरूले अब शंख बजाएर सूर्यको आरती गर्ने पनि बताएका छन।यही क्रममा बास्कोटाले भने ‘उम्मेदवारी दर्ता भयो। हामी जनताको मन, मस्तिष्क र मुटुमा बस्छौं। हार्ट क्यास, ब्रेन वास गर्ने हो, जनता कसैको मुठी भित्रको बन्धक होइन एकचोटी झुक्किन्छन् धेरै झुक्किदैनन्।’

  • न्युज बहार संवाददाता

थप