असार ७, काठमाडौँ । अन्ततः पूर्व बैंकर अनिल केशरी शाह रास्वपा पार्टी प्रवेश गरेका छन् ।
रास्वपाको पहिलो बार्षिकोत्सवको दिन वैकल्पिक राजनीतिको पक्षमा लामो समयदेखि बहस गर्दै आएका उनी रास्वपा पार्टी प्रवेश गरेको औपचारिक जानकारी आएको छ । उनी केही दिनअघि रास्वपा प्रवेश गरेको बताइएको छ।
पार्टी प्रवेश सँगै अनीलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुख बनेका छन्।
आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पूर्व बैंकर अनिल केशरी शाहलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले बताएका छन।
- न्युज बहार संवाददाता