असार ३१, काठमाडौँ। आज आइतबार परराष्ट्रमन्त्री एनपि साउद थाइल्यान्ड जाँदैछन्।
उनी आज
दिउँसो १ बजे थाइ स्माइल एअरवेजको विमानबाट बैंकक प्रस्थान गर्ने छन्।
उनी बैंककमा हुने बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन्।
रिट्रिटमा सहभागी भइसकेपछी उनी मंगलबार साउन २ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।
- न्युज बहार संवाददाता