जेठ १६, काठमाडौँ । आज मंगलबार संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्ने भएको छ । सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बस्ने समय तोकीएको छ ।
यस पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि उपस्थित हुने बताईएको छ।
- न्युज बहार संवाददाता