Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज पनि उठेन भिआइपी एरियाबाट फोहोर ।

  •   ४ वर्ष अघि | २८ चैत्र २०७९, मङ्लबार

चैत २८, काठमाडौँ। मंगलबार पनि काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री निवास, राष्ट्रपति भवन र सिंहदरबारको फोहोर उठाएको छैन।

परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले मेयर बालेन शाहको निर्देशन अनुसार नै आज पनि भिआइपी एरियाको फोहोर नउठेको जानकारी दिएका छन।

घिमिरेले  भने ‘हामीलाई फोहोर उठाउन निर्देशन नदिएसम्म फोहोर उठाउन सक्दैनौं, त्यही भएर अहिलेसम्म पनि सिंहदरबारको फोहोर सबै कार्यालयबाट उठाएर राखेता पनि सिंहदरबारबाट बाहिर भने निकालिएको छैनौं।’

सरकारले वार्ता गर्न नबोलाएसम्म फोहोर सिंहदरबारबाट नउठ्ने यता महानगरका प्रवक्ता नवीन मानन्धरले बताएका छन। 

प्रवक्ता मानन्धरले भने 'जबसम्म सरकारले वार्ता गर्न बोलाउँदैन हामीले फोहोर उठाउने काम रोक्नेछौँ।'

यता मेयर बालेनका स्वकीय सचिव भूपदेवले सरकारसँग कुरा नमिलेसम्म कुनै पनि भिआइपी एरियाबाट फोहोर नउठ्ने बताएका छन्।

काठमाडौंका मेयर बालेन शाहले शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर आइतबारदेखि नउठ्ने बताएका थिए।

  • न्युज बहार संवाददाता

थप