Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अदालत परिसरबाटै पुन: पक्राउ परे दुर्गा प्रसाईं

  •   २ वर्ष अघि | २७ मंसिर २०८१, बिहिबार

मंसिर २७, काठमाडौँ । प्रहरीले पुनः मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । उनलाई आज अदालत परिसरबाटै पक्राउ गरिएको हो । उनी आज विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर बाहिर निस्किने बित्तिकै प्रहरीले उनलाई पुन: पक्राउ गरेको हो । 

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले प्रसाईंलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए । उक्त धरौटी बुझाउनसाथ उनलाई पुन पक्राउ गरिएको हो ।

  • न्युज बहार संवाददाता

थप