जेठ २९, काठमाडौँ । काठमाडौँ महानगरले अनामनगरस्थित
सार्वजनिक जग्गामा डोजर चलाएपछि स्थानीयहरुले विरोध जनाएको छन ।
आज सोमवार काठमाडौँको अनामनगरस्थित गोरखा एफएम रहेको चोकको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना भएको हो ।
त्याहाँका एकपक्ष स्थानीयहरुले वर्षौंदेखि सुरक्षा गर्दै आएको सार्वजनिक जग्गा भत्काउन नहुने भनिरहेका छन् भने अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा रहेका छन् । स्थानीयहरुबीच नै विवाद बढेपछी अहिले स्थिति तनावग्रस्त बनेको छ ।
महानगरपाकिलाले अहिले उक्त क्षेत्रमा स्थानीयको बिरोधका बीच डोजर
चलाइरहेको छ ।
- न्युज बहार संवाददाता