चैत
१३, काठमाडौँ। बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर
देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री दाहालको सचिवालयले आज बिहान समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद बिस्तारलगायत विषयमा उनीहरूबीच छलफल भएको जानकारी दिएको छ।
आज भएको तीन दलका शीर्ष नेताहरूको छलफलले मंगलबार अपरान्ह ४ बजे सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमतिमा समझदारी समेत गरेका छन्।
- न्युज बहार संवाददाता