बैशाख २८, काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई नेपाली कांग्रेसभित्र निलम्बन गर्ने कि नगर्नेबारे छलफल भइरहेको छ ।
हिजो बुधबार बिहानै खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका थिए ।
उक्त छलफलमा अनुसन्धानका लागि हिरासतमा लिइएका केन्द्रीय सदस्य खाँणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने विषय उठेको बैठकमा सहभागी एक नेताले बताएका छन ।
- न्युज बहार संवाददाता