जेठ १८, काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच नेपाल-भारत सीमा समस्याबारे छलफल भएको छ।
आज बिहीबार हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै दुबै प्रधानमन्त्रीले सीमा विवादबारे कुराकानी भएको जानकारी दिएका हुन।
वार्ताका माध्यमबाट सीमा विवाद समाधान गर्न सकिने भारतीय प्रधानमन्त्री मोदीले बताएका छन।
- न्युज बहार संवाददाता