चैत १५, काठमाडौँ । पहिलो चरणमा नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष डा. बेदुराम भुसाललाई सरकारमा पठाउने भएको छ । पहिलो चरणमा उपाध्यक्ष भुसाललाई सरकारमा पठाउने निर्णय बुधवार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले गरेको हो । भुसाल राष्ट्रियसभा सदस्य हुन् भने उनी एकीकृत समाजवादी पार्टीका लागी केही दिनअघि मात्रै पार्टी उपाध्यक्षमा बढुवा भएका थिए। भन्दा पहिला उनी संस्थापक महासचिव समेत थिए।
अध्यक्ष नेपाल निकट स्रोतले भन्यो, ‘पहिलो चरणमा भुसाल सरकारमा जानुहुन्छ, त्यसपछि ज्वाला जानुहुन्छ।’
प्रवक्ता जगन्नाथ खतिवडाले बुधवार बसेको सचिवालय बैठकपछि पार्टी तीन मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नदिने निर्णय भएको बताएका थिए तर प्रधानमन्त्री प्रचण्डले आज साँझसम्म पार्टीबाट मन्त्री हुने कुनै एक जनाको नाम दिन आग्रह गरेपछि एकीकृत समाजवादीले बुधवार आकस्मिक बैठक बोलाएको हो र सो बैठकले दुई जनाको नाम फाइनल गरेको हो ।
- न्युज बहार संवाददाता