बैशाख २७, काठमाडौँ। टोपबहादुर
रायमाझीलाई नेकपा एमालेले निलम्बन गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा
पक्राउ पुर्जी जारी भएका सचिव टोपबहादुर रायमाझीलाई एमालेले पार्टीबाट निलम्बन
गरेको हो ।
एमाले महासचिव शंकर पोखरेलले राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । उनी अहिले फरार रहेका छन।
- न्युज बहार संवाददाता