बैशाख १४, काठमाडौं । आज कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । बिहीबार थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज पछिल्लो
२४ घण्टामा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५१७
जनाको नमुनामध्ये १ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ७८ जना र १ हजार ४७७
जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी १११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य
मन्त्रालयले जनकारी गराएको छ ।
यस्तै अब
देशभर कोरोनाको संक्रिय संक्रमितको संख्या ३७८ जना पुगेको छ ।
- न्युज बहार संवाददाता