भदौ २०, काठमाडौँ । काठमाडौँमा आज नेपाली
कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।
काठमाडौँको
भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा सहभागी जनाएर फर्कने
क्रममा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।
प्रहरीले यादवलाई
खुकुरी प्रहार गरेको आरोपमा नुवाकोटको विदुर नगरपालिका टुप्चे स्थायी घर भई हाल बालाजुको
पैंयुटार बस्ने ४७ वर्षका श्यामबहादुर सापकोटालाई पक्राउ गरेको छ।
काठमाडौं
प्रहरी प्रमुख भुपेन्द्र खत्रीले सापकोटा रिपोर्टर्स क्लबमा भएको उक्त कार्यक्रममा
नै बसेर यादवको भाषण सुनिरहेको जानकारी दिएका छन ।
सापकोटाले कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै आएर खुकुरी हानेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
- न्युज बहार संवाददाता