चैत २, काठमाडौँ
। सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा सत्ताको प्रमुख
विपक्षी दल नेपाली कांग्रेसले मागेको छ ।
आज शुक्रबारको
प्रतिनिधिसभाको बैठकको नेपाली कांग्रेसका सांसदहरु सुरुमै उठेर विरोध गरेका थिए । विरोधछी
सभामुखले कांग्रेस सांसद प्रदीप पौडेललाई बोल्ने समय दिएका थिए ।
सोहि
समयमा बोल्दै सांसद पौडेलले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको
भन्दै त्यस्तो व्यक्ति अनुसन्धान गर्ने निकायमा बसेर कसरी अनुसन्धान हुन्छ भन्दै
प्रश्न गरेका छन । उनले भने, ‘मेरा
माननीय मित्र गृहमन्त्रीज्युलाई म आग्रह गर्न चाहन्छु उच्च नैतिकताको आधारमा
राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।’
- न्युज बहार संवाददाता