मंसिर ७, काठमाडौँ । दुर्गा प्रसाईं समूह र
प्रहरीबीच काठमाडौँको बल्खुमा झडप भएको छ ।
प्रहरीले बनाएको घेरा तोडेर बल्खु चक्रपथमा प्रदर्शन गरिरहेका प्रर्दशनकारीहरु कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
दुर्गा प्रसाईंले प्रदर्शनस्थलमा सम्बोधन गरेपछि मञ्चबाटै एक व्यक्तिले निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए । त्यसपछि बल्खुचोकबाट प्रदर्शनकारीको समूह कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेको थियो ।
उक्त समुहलाई रोक्न प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले प्रदर्शनकारीलाई लखेट्न अश्रुग्यास र पानीको फोहरा समेत प्रयोग गरेको छ ।
- न्युज बहार संवाददाता